कृतिम अभाव, मुल्य बृद्धि नगर्न प्रशासनको आग्रह (भिडिओ सहित)

  • प्रकाशित मितिः असोज १७, २०८१
  • 499 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १७–चडपर्वको बेला कृतिम अभाव, मुल्य बृद्धि लगायतका गतिविधि हुन सक्ने विषयलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सम्वन्धित निकायहरूलाई अनुगमन गर्न निर्देशन दिएको छ । प्राकृतिक विपत्तिले सडक अबरुद्ध हुनका साथै दसै पनि नजिकिदै गएकाले कृतिम अभाव, मुल्य वृद्धि नगर्न सम्वन्धित निकायलाई प्रशासनले अनुरोध तथा निर्देशन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार प्राकृतिक विपत्तिले सडक अबरुद्ध हुनका साथै दसै पनि नजिकिदै गएकाले कृतिम अभाव, मुल्य वृद्धि लगायतलाई ध्यानमा राख्दै घरेलु, उद्योग वाणिज्य संघ लगायत सम्वन्धित स्थानीय तहहरूलाई स्थानीय बजारहरू अनुगमन गर्न अनुरोध तथा निर्देशन गरिएको हो ।
खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले दसैं तिहारका लागि पुग्ने सामान स्टक भएकाले कृतिम अभाव नहुने, र मुल्य पनि बृद्धि नहुने बताएका छन् । व्यवसायीहरूले समेत कृतिम अभाव, मुल्य बृद्धि लगायतका गतिविधि नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित