नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १७–जिल्लाका अधिकांश स्थानीय सरकार सडक मर्मतमा जुटेका छन् छ । बाढी–पहिरोले ध्वस्त भएका सडक सुचारु गराउन जुटेको हुन् ।
जन्तेढुङ्गा गाउँपालिकामा चिसापानी–बङ्सिलाघाट, चिसापानी–बाराहापोखरी लगायतका सबै ग्रामीण सडकहरू सफा गरिसकेको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताएकी छन् ।
खोटेहाङ गाउँपालिकाले पनि सडक मर्मतलाई तिब्रता दिएको छ । खोटाङ बजार–पाप्माखाम सडक अन्तरगत खोटाङबजार–बडकादियाले हुदै सावाकटहरेसम्म सडक मर्मत गरेको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताएका छन् । त्यस्तै खोटाङ बजार–रसुवा सडक खण्ड अन्तरगत खोटाङ बजार–सिम्पानी–इन्द्रणीपोखरीसम्म सडक मर्मत भइसकेको राईले सुनाएका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पञ्चमी–टुवाखोला–रसुवा, पञ्चमी–दिक्तेल लगायत सडक मर्मत सकेर वडा–वडामा जाने सडकहरू समेत मर्मत भइसक्न लागेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताएका छन् ।
ऐसेलुखर्क गाउँपालिकामा पनि सडक मर्मतको काम धमाधम भइरहेको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताएका छन् । भदौको दोश्रो साताको वर्षाले ध्वस्त भएका १६ वटा ग्रामीण सडकहरू बनाई सक्नासाथ फेरि पछिल्लो चोटीको झरिले सडक भत्काएपछि फेरि सडक मर्मत सुरु गरिएको र उक्त सडक तीन दिनभित्र सकिने राईले बताएका छन् ।
केपिलासगढी गाउँपालिकामा पनि ग्रामीण सडक मर्मतको काम धमाधम भइरहेको गाउँपालिका अध्यक्ष समीर राईले बताएका छन् । पहिरोले अबरुद्ध बाक्सिला–जालपा, बाक्सिला–खार्मी, बाक्सिला–फेदी, बाक्सिला–खार्तम्छा लगायतको सडकमध्ये बाक्सिला–जालपा सडक सकिने चरणमा पुगेको राईले जनाएका छन् ।
जालपा–बाक्सिला सडक अन्तरगत केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको जालपा माविदेखि पुरानो गाउँ हुदै कादेलसम्मको सडक सबैभन्दा बढी बिग्रिएको राईले बताएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सडक नबनाएपछि आफैले बनाउनु परेको राईले दुखेसो पोखेका छन् ।
त्यस्तै साकेला गाउँपालिका जोड्ने दिक्तेल हस्पिटल चौक–लफ्याङ–साप्सु सडक खण्ड अन्तरगत लफ्याङ क्षेत्रमा पनि सडक बिग्रिएपछि साकेला गाउँपालिकाले मर्मत गर्दै आएको छ । यो सडक खण्डको मात्तिममा पहिरोले सडक बिगारेपछि मर्मत भइरहेको गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले बताएकी छन्् ।
हलेसी तुवाचुङ नगरपालिका मध्यपहाडी लोकमार्ग सुचारु गराई सकेपछि ग्रामीण सडक मर्मतमा जुटेको छ । यहाँका ११ वटै वडामा डोजरमार्फत सडक मर्मत भइरहेको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, रावाबेसी गाउँपालिका र बाराहापोखरी गाउँपालिकामा पनि सडक मर्मत भइरहेको सम्वन्धित स्थानीय तहहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–जिल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–सिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २२–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–केप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २०–दिप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित