गुणस्तरीय र बेलैमा काम सक्न ज्ञापन

  • प्रकाशित मितिः चैत्र १०, २०७५
  • 1210 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–राष्ट्रिय गौरव आयोजना तथा अन्य विकासे योजनाहरु गुणस्तरीय र बेलैमा सक्न दुई युवा संगठनले विभिन्न निकायमा ज्ञापन बुझाएको छ । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग लगायतका विभिन्न विकासे योजनाहरु गुणस्तर बनाइनुका साथै बेलैमा सक्नु पर्ने माग राख्दै युवा संघ र वाइसीय खोटाङले आइतबार ज्ञापन बुझाएको हो ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्यहरु रामकुमार राई, राजन राई र उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका कार्यबाहक प्रमुख चर्चबहादुर विश्वकर्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल समक्ष राष्ट्रिय गौरवका आयोजनाहरु गुणस्तरही बनेको, बेलामा काम नसकेको, विभिन्न ठाउ“का सडक पुलहरु निर्माण रोकिएको, जिल्लास्थित विभिन्न सडकहरु लथालिङ्ग अवस्थामा रहेकाले त्यसलाई तत्कालन सम्पन्न गर्न माग राखेका छन् । आफ्नो मागप्रति बेवास्ता गरिए आन्दोलनमा उत्रने ज्ञापनमा उल्लेख छ । सरकारमा संलग्न युवा संगठनले बुझाएको ज्ञापनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा गुणस्तरीय र तिब्र विकासले मात्र सम्भव हुने भएकाले यसप्रति गम्भिर रहन उल्लेख गरिएको छ ।
ज्ञापनमा मध्यपहाडी लोकमार्ग, गाइघाट–दिक्तेल सडक, फोक्सिङटारस्थित सुनकोसी सडक पुल, रेग्मीटारस्थित साप्सुखोला सडक पुल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङ र साकेला गाउ“पालिकाको मात्तिम जोड्ने सडक पुल, तावाखोला सडक पुल, मनमाया“ राई खानीडाडा“ विमानस्थल, विजुले–बुइपा–डल्लेखोला सडक लगायतका योजनाहरु निर्माण अलपत्र परेकाले गुणस्तरीय र यथासिघ्र सक्न माग गरिएको छ । ज्ञापन बुझ्ने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सम्बन्धित सबैलाई बोलाएर यसबारेमा चेतावनी दिने बताए । ‘यसबारेमा सम्बन्धित पक्षलाई तत्काल बोलाएर ध्यानाकर्षण गराउ“छु ।’ प्रमुख रिजालले भने–‘यसो गर्दा पनि टेरेनन् भने कानुनी प्रक्रिया बढाउ“छु ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित