सविना अछामे–
खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पीडित महिलाका लागि सुरक्षित गृह स्थपना गरिएको छ । बाल सेवा समाज नेपालको २५ औ साधारणको अवसरमा असोज १३ गते उक्त सुरक्षित गृह उद्घाटन गरिएको हो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोटमा मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले संयुक्त रुपमा सुरक्षित गृहको उद्घाटन गरेका हुन् । सुरक्षित गृह संचालनका लागि जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रूपेश संग्रौला र बालसेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेल बीच दुई पक्षीय सम्झौता समेत गरिएको छ ।
हिंसा पीडित महिलाका लागि सुरक्षित गृह स्थापनाका लागि बाल सेवा समाज नेपालले तीन वटा कोठा उपलब्ध गराएको छ । हिंसा पीडित महिलाको अवस्था र न्यायका लागि घरै छोडेर हिँड्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर सुरक्षित गृहको स्थापना गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको भनाई छ ।
जिल्ला अस्पताल खोटाङको आर्थिक सहयोगमा बाल सेवा समाज नेपालले उक्त सुिरक्षित गृहको व्यवस्थापन गरिने भुजेलले बताएकी छन् । उक्त सुरक्षित गृह जिल्लाकै पहिलो भएको भुजेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित