विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो

  • प्रकाशित मितिः असोज ४, २०८१
  • 579 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज ४–विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ । विभिन्न ठाउँमा सरसफाइ, वक्तृत्वकला प्रतियोगिता, कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण, संविधानसम्वन्धी परिसम्वाद, म्युजिकल चियर, दीप प्रज्ज्वलन लगायतका कार्यक्रमहरू गरी संविधान दिवस मनाइएको हो ।


जिल्ला समन्वय समिति खोटाङको मुल आयोजक समिति र विभिन्न संयोजन समिति मार्फत विभिन्न कार्यक्रम गरिएको हो । यसमध्ये जनजागृति माविको संयोजनमा वक्तृत्वकला, जिल्ला अस्प्तालको संयोजनमा कारागारमा स्वास्थ्य शिविर, नेपाल पत्रकार महासंघको संयोजनमा परिसम्वाद, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका महिला तथा बालबालिका शाखाको संयोजनमा म्युजिकल चियर प्रतियोगिता गरिएको थियो ।


दिवसको अवसरमा सरसफाइ, दीप प्रज्ज्वलन लगायतका कार्यक्रम गरिएको थियो । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, नगरपालिका, खोटाङ उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूको सक्रिय सहभागितामा दिवस मनाइएको हो । भदौ ३१ गतेदेखि ३ गतेसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित