नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ३–उमेर ओह«ालो लागेर के भो त, पढ्ने चाहनालाई उमेर छेक्दैन भन्ने उदाहरण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरितार्थ भएको छ ।
उक्त गाउँका दुई बृद्धा, स्थानीय सरस्वती माविमा कक्षा १ मा पढ्न थालेका छन् । ७८ वर्षीया धनकुमारी राई र ५२ वर्षीय पुजन दर्जी स्थानीय सरस्वती माविमा कक्षा १ मा असोज २ गते भर्ना भएका हुन् । दर्जी उक्त विद्यालयकै बालविकास केन्द्रमा अध्ययन गर्ने नातिनी स्नेहसंगै विद्यालय आएर पढ्न थालेकी हुन् । पढ्ने रहर हुदा हुदै बाबु आमाले पढ्न नदिएकाले जिन्दगीभरि अध्यारोमा बस्नु परेको दर्जी बताउँछिन् । पढ्न नपाएपछि मोबाइल चलाउनदेखि सामाजिक सञ्जालहरू हेर्न पनि नसकेको दर्जीको भनाई छ ।
त्यस्तै ७८ वर्षीया धनकुमारी पनि बालविकास केन्द्रमा अध्ययनरत नातिनी परिसासंग विद्यालय आएर पढ्ने गरेकी छन् । उनी पनि कक्षा १ मै भर्ना भएर अध्ययन गर्न सुरु गरेकी हुन् । उनलाई पनि अक्षर चिन्ने, मोबाइल चलाएर सामाजिक सञ्जाल हेर्ने धोको भएको राईको भनाई छ ।
बेलामा पढ्न नपाए पनि बुढेस्कालमै भए पनि उच्च मनोबलका साथ विद्यालय आउने गरेको विद्यालयका प्रअ उत्रप्रसाद राईले बताएका छन् । दुई बृद्धाको पढाईप्रतिको इच्छाशक्तिले अरुलाई पनि हौस्याएको प्रअ राईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित