कारागार स्वास्थ्य शिविरमा १६३ जनाको स्वास्थ्य परीक्षण

  • प्रकाशित मितिः असोज २, २०८१
  • 137 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २–संविधान दिवसको अवसर पारेर खोटाङ कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । १० औं संविधान दिवसको अवसरमा असोज २ गते सञ्चालित शिविरमा एक सय ६३ कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख पुरुषोत्तम खड्काका अनुसार एक सय २० जना पुरुष कैदी, तीन जना महिला कैदी र ४३ जना पुरुष बन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । यसमध्ये परीक्षणमा उच्च रक्तचाप, छारेरोग, आँखाको समस्या, ग्याससाइटिस, हाडजोर्नी, रुघाखोकीका विरामी देखिएको जिल्ला अस्पतालका प्रमुख डा. रूपेश सङ्ग्रौलाले बताए । जाँच गरिएका विरामीमध्ये उच्च रक्तचाप भएका दुई जनालाई जिल्ला अस्प्ताल, एक जनालाई काठमाडौं रिफर गरिएको डा.सङ्ग्रौलाले सुनाए । यसबाहेक अन्य पाँच जनालाई अस्पतालमा स्वास्थ्य परीक्षण गर्न बोलाइएको सङ्गौलाले जनाए ।
कारागारका विरामीका लागि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क औषधी वितरण गरिएको सङ्ग्रौलाले बताए । शिविर बुधबार ११ देखि ३ बजेसम्म सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित