सविना अछामे–
खोटाङ, असोज २–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका दिक्तेल एकता स्वास्थ्य आमा समूहले सुत्केरी भेटघाट कार्यक्रम गरेको छ । गत साउन २६ गते सुत्केरी भएकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भन्ज्याङ टोलकी करुणा परियारलाई असोज १ गते कोसेली सहित भेटघाट गरेको हो ।
दाल, चामल, तेल, घिऊ, सागपात, फर्सी, गेडागुडी, अण्डा, फलफूल, नुन लगायतका पोसिलो खाने कुरा तथा बच्चालाई न्यानो कपडा सहित आमा समूहमा आवद्ध पदाधिकारीहरूले भेटघाट गरेका हुन् । भेटघाटका क्रममा आमा र बच्चाको स्वास्थ्यसम्वन्धी परामर्श दिएका छन् ।
पछिल्लो समयमा सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी हुदै गएको नेपाल रेडक्रस सोसाइटीकी स्वयम्सेविका गीता वस्नेतले बताइन् ।
पछिल्लो दुई वर्षको अवधिमा २४ जना सुत्केरीलाई भेटघाट गरेको आमा समूहकी अध्यक्ष मीना पाण्डेले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित