नमस्ते खोटाङ संवाददाता-
खोटाङ, भदौ ३०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ स्थानीय पाठ्यक्रम लागू गरेको छ । अघिल्लो स्थानीय सरकारको पालामा तयार पारिएको पाठ्यक्रमलाई परिमार्जन गरी यो शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गरेको हो ।
२०७८ सालबाट स्थानीय पाठ्यक्रम तयार पारेर पठन–पाठन सुरु गरिए पनि उक्त पाठ्यक्रम अपूरो भएको र त्यसलाई पारिमार्जन गरी चालु शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रम लागू गरिएको, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका सुवाशचन्द्र राईले बताएका छन् । विभिन्न क्षेत्रमा विभाजन गरेर स्थानीय पाठ्यक्रम २०७६ बमोजिम पाठ्यक्रम तयार गरिएको राईको भनाई छ ।
यसअन्तरगत वडा नं १ दिक्तेल, २ सोल्मा र ६ नेर्पामा शिवहरि ढकाल, वडा नं ३ बाम्राङ र १३ नुनथलामा बमबहादुर राई, वडा नं ४ खाल्ले र ५ लफ्याङमा लक्ष्मीप्रसाद खनाल, वडा नं ७ दोर्पाचिउरीडाडाँ, ८ बुवालुङ र ९ निर्मलीडाडाँमा भवकृष्ण ढकाल, वडा नं १० पाथेकामा प्रेमबहादुर भट्टराई, वडा नं ११ खार्मीमा प्रकाश राई, वडा नं १२ जालपामा प्रतिमान राई र वडा नं १४ बुइपा र १५ विजयखर्कमा ललितकुमार राईलाई संयोजक तोकेर स्थानीय पाठ्यक्रम निर्माणका लागि खटाइएको थियो । खटाइएको पाठ्यक्रम निर्माण संयोजकले स्थानीय जानकारहरूको सहभागितामा पाठ्यक्रम निर्माण गरेको राईको भनाई छ ।
शिवहरि ढकालको संयोजकत्वमा ‘रूपाकोट बैखरी’, बमबहादुर राईको संयोजकत्वमा ‘मुढे– नुनथला’, लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा ‘हाम्रो मझुवा’, भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सु माला’, प्रेमबहादुर भट्टराईको संयोजकत्वमा ‘हाम्रो पाथेका’, प्रकाश राईको संयोजकत्वमा ‘हाम्रो खार्मी’, प्रतिमान राईको संयोजकत्वमा ‘जालपा चिनारी’ र ललितकुमार राईको संयोजकत्वमा बनेको पाठ्यक्रम निर्माण समितिले ‘दिरूम ज्ञान माला’ स्थानीय पाठ्यक्रम तयारी गरी लागू गरिएको राईले बताएका छन् ।
उक्त पाठ्यक्रम नगरपालिका क्षेत्रभित्रका कक्षा १–५ सञ्चालन भएका ५८ वटा आधारभूत तहका विद्यालयमा लागू गरिएको छ । कक्षा १–५ सञ्चालन भएका ५८ सामुदायिक विद्यालयमा चार हजार आठ सय २७ जना विद्यार्थी छन् । नगरपालिकामा २१ माध्यमिक, कक्षा १–८ सञ्चालन भएका आधारभूत तहका १४ सामुदायिक विद्यालय छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित