भूपेन्द्र राईको नेतृत्वमा कोसी प्रदेश सरकारमा कांग्रेस सहभागी

  • प्रकाशित मितिः भदौ २८, २०८१
  • 212 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
विराटनगर, भदौ २८—भूपेन्द्र राईको नेतृत्वमा कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी भएको छ । तीन मन्त्री र एक राज्यमन्त्री सहित कांग्रेसले पठाएको मन्त्रीहरूले भदौ २८ गते सपथ लिएका छन् ।
यसमध्ये खोटाङ (ख) बाट चुनाव जितेका भूपेन्द्र राईले भौतिक पूर्वाधार विकास मन्त्री पाएका छन् । खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी, सदानन्द मण्डल पर्यटन वन तथा वातावरण र भूमिप्रसाद राजबंशी भौतिक पूर्वाधार राज्य मन्त्री बनेका हुन् । यसमध्ये राई र राजबंशी सिटौला समूहका हुन भने हाङ्गाम संस्थापन पक्षको सभापति शेरबहादुर देउवा निकट र मण्डल संस्थापन पक्षकै ज्ञानेन्द्रबहादुर कार्की निकट हुन् ।
शेखर कोइराला समूहले दुई मन्त्रीको माग गरे पनि उनको समूह बिनै मन्त्रीहरू पठाएको छ । शेखर समूहलाई दुई मन्त्री दिँदा मन्त्रालय फुटाउनु पर्ने अवस्था आएकाले उनको समूह बिनै मन्त्री मण्डलमा पठाएको हो ।
केन्द्रीय सत्ता समीकरण बदलिएपछि एमालेसंग सत्ता साझेदार गरेको माओवादी केन्द्रका मन्त्रीहरूले गत राउनमा १२ मा राजीनामा दिएका थिए । माओवादीले सत्ता छाडेको करिब डेढ महिनापछि बल्ल कांग्रेस सरकारमा सामेल भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित