नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ११–पहिरोले मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले र ७ महादेवस्थानको बीचमा नागी नजिकको जङ्गलमा तुवाचुङडाडाँबाट झरेको पहिरोले सडक अबरुद्ध भएको छ । भदौ ११ गते बिहान ३ बजेतिर झरेको पहिरोले यातायात अबरुद्ध भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष कमल गिरीका अनुसार विहानैदेखि तीन वटा ब्याकहोलोडरले पहिरो पन्छाउने काम भइरहेको तर अझै समय लाग्ने गिरीले बताए । उक्त ठाउँमा करिब ५० मिटर सडकमा पहिरो थुप्रिएको गिरीले बताए । सडक विभागको एउटा, मध्यपहाडी लोकमार्गको एउटा र हलेसी तुवाचुङ नगरपालिकाको एउटा ब्याकहोलोडरले विहानैदेखि पहिरो पन्छाइरहेको गिरीले बताए । सडक अबरुद्ध भएपछि यातायातका साधन तथा यात्रु अलपत्र परेको गिरीले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित