नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १०–पोखरीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा एकै घरका दाजु–बहिनीको मृत्यु भएको छ । च्यास्मिटार बाङ्मा बस्ने गइन्द्र राईका छोरा ६ वर्षीय संगम राई र छोरी ३ वर्षीया समृद्धि राईको भदौ १० गते पोखरीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार छोरा–छोरी दिउसो दुई बजेतिर हराएपछि खोज्ने क्रममा आमा ममता राईले भुतिया खोलाको नजिक बनाइएको सिचाइँ पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको र घरमा ल्याउन साथ मृत्यु भएको हो । गइन्द्र वैदेशिक रोजगारीमा छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित