नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, भदौ ९—नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै नेपाल यू–२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भदौ ९ गते सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भुटानलाई ४–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
नेपाली गोलरक्षक जियारथ सेखले भुटानका दुई प्रहार जोगाएका छन् । उनैले निर्णयक गोल समेत गरेका छन् । खेलको ९० मिनेट १–१ को बराबरीमा समाप्त भएपछि सिधै पेनाल्टी सुट आउटमा गएको हो । भुटानले ५६ औं मिनेटमा अग्रता लिएको थियो । पेनाल्टी एरिया बाहिरबाट जेत्सुन दोर्जेले शक्तिशाली प्रहार गर्दै सुन्दर गोल गरेका छन् ।
नेपालले ७८ औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । लछु थापाको लामो पासलाई हेड गर्दै नीराजन धामीले गोल गरेका थिए । त्यसअगाडि भुटानका किङजाङ तेन्जिन दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो ।
नेपाल समूह ’ए’ विजेताका रूपमा सेमिफाइनल पुगेको हो । यस्तै भुटान भने समूह ’बी’ बिजेता हुँदै अन्तिम चारमा पुगेको हो । अब नेपालले दोस्रो सेमिफाइनल बिजेताको सामना गर्नु पर्नेछ । त्यसमा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश भदौ १० गते भिड्दै छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित