नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, भदौ ९–यो आर्थिक वर्ष साउन महिनामा मात्रै तीन सय ८१ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रूपैयाँ बराबरको विद्युतीय सवारी साधन नेपाल भित्रिएको हो ।
गत आर्थिक वर्षको साउनमा एक सय १० वटा मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो । विभागका अनुसार ३४ करोड ६ लाख रूपैयाँको सवारी साधन आयात भएको थियो । चालु आर्थिक वर्षको साउनमा सबैभन्दा बढी ५१ किलोवाटदेखि सय किलोवाटसम्मको ५८ करोड ६८ लाख रूपैयाँको सवारी साधन आयात भएको छ । विभागका अनुसार २८ करोड ९८ लाख रुपैयाँ बराबरको १६१ वटा ५० किलोवाटसम्मका क्षमताका विद्युतीय सवारी आयात भएको हो ।
२०१ किलोवाटदेखि तीन सय किलोवाट क्षमताका २ वटा सवारी साधन आयात गरिएको छ । विभागका अनुसार १०१ किलोवाटदेखि २ सय किलोवाटसम्मका र ३०० किलोवाटभन्दा बढी क्षमताका एउटा मात्रै सवारी साधन आयात भएको छ । नेपालमा भारत र चीनबाट धेरै विद्युतीय सवारी साधन भित्रने गरेको छ । यस्तै जर्मनीबाट पनि विद्युतीय सवारी साधन भित्रिएको विभागको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित