नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ८–खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलस्थित चङ्खु खोलामा ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार भदौ ७ गते विद्यालयबाट फर्कने क्रममा स्थानीय चङ्खु खोलामा नुहाउदा भोजकुमार राईको ९ वर्षीय छोरा राज र टंकराम राईको ११ वर्षीय छोरा अर्जुनको दिउसो पौने दुई बजेतिर डुबेर मृत्यु भएको हो । विद्यालयबाट घर फर्कदै गरेकी स्थानीय रोजिना राईले खोलामा डुबेको देखेपछि स्थानीय र विद्यार्थी भएर खोलाबाट निकाली घरमा ल्याएर प्रहरीलाई खबर गरेको डिएसपी खड्काले बताए । उनीहरूको शव ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्ट मार्टम गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित