साकेला गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

  • प्रकाशित मितिः भदौ ७, २०८१
  • 204 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ७–साकेला गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेको छ । टोल–टोलमा सरकारी सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ३ खिदिमामा भदौ ६ गतेदेखि मालपोत कर, विभिन्न खाले सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य परीक्षण लगायतको सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उक्त वडामा चार दिनसम्म शिविर सञ्चालन गरिने राईले बताए । पहिलो दिन पुङमा, किवा, बोरा र मखमलेमा सेवा प्रदान गरिएको वडाअध्यक्ष गोविन्द तामाङले बताए । शिविर सञ्चालन गरिएको छ ।
विशेष गरी शारीरिक अशक्तताका कारण वडा कार्यालयसम्म पुग्न समस्या हुने लाभग्राहीहरूलाई लक्षित गरी टोलबाटै सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्ने व्यवस्था मिलाइएको तामाङले बताए । यसबाहेक भौगोलिक विकटताका कारण नियमित रूपमा जग्गाको तिरौ तिर्न नपाएकाहरूका लागि समेत सहज भएको तामाङको भनाई छ । शिविरको पहिलो दिन ५५ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण, एक सय घरधुरीले मालपोत कर तिरेको, ६५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
जनताको आवश्यकता अनुसारका सेवाहरू सहज रूपमा प्रदान गर्न हरप्रयास जारी रहेको राईले बताए । साकेला गाउँपालिकाले ‘डिजिटल पालिका निर्माण’ गर्ने योजनालाई प्राथमिकता राखेको समेत राईले बताए । डिजिटल पालिका निर्माण भएपछि नागरिकले अनलाइनबाटै आफूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा लिन सक्ने राईले जनाए । उनका अनुसार वडा कार्यालय तथा पालिकाबाट प्राप्त गर्ने सेवाहरू सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व÷कर प्रणाली लगायतका सेवा लिन सक्ने छन् ।
भदौ ७ गते तावाभञ्ज्याङ, लामीडाँडा र सोल्मामा सेवा प्रवाह भइरहेको राईले बताए । भदौ ८ गते हात्तिसुँडे, कोक्रा र सौरे तथा आइतबार ढाँडे र बोपुङमा सेवा प्रवाह गरिने राईले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित