झरीले दिक्तेल बजारमा घर भत्कियो, साढे पाँच लाख बराबरको क्षति

  • प्रकाशित मितिः भदौ २, २०८१
  • 2520 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–भदौ १ गते रातीको वर्षाले दिक्तेल बजारमा घर भत्किदा पाँच लाख बराबरको क्षति भएको छ । राती करिब ९ बजेतिर घर भत्किदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्क किरातचौकस्थित टेकबहादुर राईको ट्रष्टले बनेको घर भत्किएको थियो ।
नारायण खत्रीको जग्गामा राईले बनाएको ट्रष्टले बनेको २ तले घरमा भएको डम्बर बराइलीको एउटा होटल, सन्तोष ठाकुरको हेयर कटिङ (शैलुन) पसलमा पाँच लाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ । पुरिएको मालसामान प्रहरीले आइतबार पन्छाएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित