होलीको रौनक

  • प्रकाशित मितिः चैत्र 6, 2075
  • 101 पटक पढिएको
  • संवादताता

सविना अछामे-
दिक्तेल (खोटाङ), चैत ६– दिक्तेलमा होली पर्वको रौनक छाएको छ । वसन्त ऋतुको आगमनको खुसीयालीमा मनाइने पर्व भएकाले दिक्तेलमा होलीको रौनक छाएको हो ।
दिक्तेलका विभिन्न चौकहरुमा बालबालिकादेखि युवायुवतीसम्म होलीमा रमाएका छन् । आपसी भाइचारा, सद्भाव र एकताका लागि होली पर्व मनाइने गरिन्छ । होली धार्मिक तथा सांस्कृतिकसँगै सामाजिक महत्व बोकेको पर्व पनि मानिन्छ । वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित होली मनाइन्छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते (आजैको दिन) र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते (भोलि) होली पर्व परेको छ ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित