नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १६–आमाको मृत्यु र बाबु जबरजस्ती करणी अभियोगमा पक्राउ परेपछि बेसाहारा बनेका रावाबेसी गाउँपालिका २ खार्पाका तीन बालबालिकालाई बाल आश्रम पठाइएको छ । आमाको २०८० फागुन २२ गते मृत्यु भइसकेको र बाबु पनि गत साउन ६ गते जबरजस्ती करणी अभियोगमा पक्राउ परेपछि बेसाहारा बनेका ९ र १० वर्षीया दुई छोरी तथा ७ वर्षीय छोरालाई साउन १५ गते उद्धार गरी साउन १६ गते विराटनगर–१३ स्थित बालसेवा आश्रममा पठाइएको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खडकाका अनुसार उद्धार गरिएका बालबालिकाका बाबु ३२ वर्षीय टेकबहादुर नेपालीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । आमा निर्मला नेपालीको २२ वर्षको उमेरमा मृत्यु भएको थियो । आर्थिक अवस्था पनि अत्यन्त कमजोर भएकाले बाल आश्रममा पठाइएको डिएसपी खड्काको भनाई छ । उनीहरूको लालन–पालन र शिक्षा–दीक्षा बाल आश्रमले नै गरिदिने खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित