नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १३–ट्राफिक नियम उलङ्घन वापत ५० लाख बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा ट्राफिक नियम उलङ्घन गर्ने सवारी जरिवाना वापत ५० लाख ३२ हजार राजश्व सङ्कलन भएको हो ।
एक वर्षको अवधिमा ६ हजार सात सय २९ वटा सवारी साधन कारबाहीबाट उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । उनका अनुसार २०८० साउनमा तीन सय ७८ सवारी साधन कारबाहीमा पर्दा दुई लाख ८५ हजार पाँच सय, भदौमा दुई सय ७२ कारबाहीबाट दुई लाख १४ हजार पाँच सय, असोजमा तीन सय ५० कारबाहीबाट दुई लाख ८४ हजार पाँच सय, कात्तिकमा तीन सय १० कारबाहीबाट दुई लाख ५६ हजार, मङ्सिरमा पाँच सय ९० कारबाहीबाट पाँच लाख १६ हजार, पुसमा पाँच सय ७० सवारी कारबाहीबाट चार लाख ४८ हजार रूपैयाँ राजश्व सङ्कलन भएको हो ।
त्यस्तै माघमा छ सय ३० सवारी साधन कारबाहीबाट छ लाख १५ हजार, फागुनमा सात सय ३८ कारबाहीबाट पाँच लाख ३९ हजार पाँच सय, चैतमा आठ सय ६२ बाट पाँच लाख ९२ हजार, २०८१ बैशाखमा सात सय ५० बाट पाँच लाख २८ हजार पाँच सय, जेठमा पाँच सय ५० बाट तीन लाख ७७ हजार र असारमा पाँच सय २९ सवारी साधन कारबाहीबाट तीन लाख ८८ हजार पाँच सय रूपैयाँ सङ्कलन भएको डिएसपी खड्काले बताए । ट्राफिक नियम उलङ्घन गर्ने बस, ट्रिफर, ट्रक, ट्याक्टर, जीप, कार, मोटरसाइकल, अटो लगायतबाट उक्त राजश्व सङ्कलन भएको हो ।
एक वर्षको अवधिमा १५ सवारी दुर्घटना हुँदा पाँच जना पुरुषको ज्यान गएको छ । उक्त दुर्घटनामा १६ घाइतेमध्ये १४ पुरुष र दुई महिला घाइते भएको डिएसपी खड्काको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित