दिक्तेल हटिया : किसानको उत्पादनले भाउ पायो (भिडियो सहित)

  • प्रकाशित मितिः साउन १२, २०८१
  • 493 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन १२–झट्ट हेर्दा लाहुरे जान गरिने डोको क्यारीजस्तै देखिने दृष्य दिक्तेलको हाटडाडाँमा हरेक शनिबार र बुधबार देख्न सकिन्छ ।
राम्रो ठाउँ ओगट्नका लागि किसानहरू कृषिजन्य सामान बोकेर दोडने गरेका हुन् । विहान ७ बजेदेखि मात्र हटियामा किनबेच गर्न पाइने भएकाले सामान बोकेरै किसान समय पर्खिरहेका हुन्छन् । अनि जब ७ बज्छ त्यसपछि दौडिएर आफ्नो ठाउँ ओगट्छन् । बिचौलियाहरूलाई तह लगाउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपनाएको जुक्ति हो यो ।
किसानले उत्पादन गरेको कृषिजन्य वस्तु बिचौलियाले हडप्ने र आफ्नो पसलमा लगेर उपभोक्तालाई महङ्गो मुल्यमा बेच्ने भएकाले उत्पादक किसान र उपभोक्ता बीच सिधै किनबेच होस भनेर हरेक हटियाको दिन बिहान ७ बजेदेखि मात्र हटिया लाग्ने व्यवस्था मिलाइएको हो ।
बिहान ७ बजेदेखि हटिया लाग्न थालेपछि किसानले राम्रो मुल्य पाउन थालेको उपभोक्ताहरूको भनाई छ । निर्धारित समयमा हटिया लाग्न थालेपछि सहज भएको किसानहरूको भनाई छ ।
सदरमुकामको हटियामा यसरी तछाड–मछाड गरेर दौडनुु पर्ने वाध्यताको अन्त्य गर्न हटियालाई अझ व्यवस्थित गर्नु पर्ने देखिन्छ । नत्र कुनै बेला अप्रिय दुर्घटना सामना गर्नु पर्ने अवस्था आउन सक्छ । यसप्रति सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित