चित्रकुमार सुवेदी–
नानीलाई –सुताउ“न
हजुरआमाले सुनाइन्–कथा
खरायो र सिंहको
जंगलको राजा म
जंगल मेरो सिंह गर्जिन्थ्यो
उसले नियम बनायो
हरेक दिन
जंगली जनावार –पालै–पालो
आहार हुन जानु पथ्र्यो
सिंहको –सिहाशनमा
अरु जनवार गए
पालो आयो खरायोको
उ ढिलो ग¥यो
आखिर मर्नु त छदैछ
झम्टियो–सिह
हजुर बाटोमा भेटे
अर्को सिंह
उ आफूलाई राजा भन्थ्यो
तपाईलाई पाजी
को हो त्यो,
बलले–घमन्डले मातेको–सिंह
देखाइदियो–खरायोले
एक तलाउ
पानीमा देख्यो आफ्नै छाया
मार्न भनेर हामफाल्यो –सकियो
अहंकारी–सिंहको आएको कथा
नातीले प्रश्न ग¥यो
हजुरआमा
अनि,
पृथ्वीको सुनाउ“नु
जंगलको त सुनाउ“नु भो
बाबु
आफूलाई सर्बैसर्बा ठान्ने
आफू मात्र
शक्तिशाली र बलियो देख्यो
र अरुले गरिखाको देखिनसहने
अरुको घरमा आगो लगाउ“ने
अरुको पसिना खानेको
सबैको अन्त्य निश्चित छ
अहंकारी सिंहकोजस्तै
चन्द्र–सूर्य झण्डा बोकेर
ओछ्यानबाटै करायो नाती
पृथ्वी कसैको पेवा हुदैन
डटेर सामना गर भेनेजुयलर
हामी सत्यको पक्षमा छौ ।
प्रकाशित मिति २०७५ चैत ४
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित