दिक्तेल फुटबल रङ्गशाला निर्माण अलपत्र (भिडियो सहित)

  • प्रकाशित मितिः साउन ६, २०८१
  • 402 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल माटिकोरेस्थित दिक्तेल फुटबल रङ्गशाला निर्माणको काम अलपत्र परेको छ । २०८१ बैशाख २८ गतेसम्ममा सक्ने गरी ठेक्का लिएको निर्माण कम्पनीले काम सक्नुको साटो एक वर्षका लागि म्याद थपेको छ ।
२०८१ बैशाख २८ गतेसम्म सक्ने गरी २०७९ बैशाख २९ गते आशिर्वाद÷मोहन एण्ड गाउँबेसी÷इन्द्रलक्ष्मी कन्ट्रक्सन जेभीले सम्झौता गरेको थियो । नगरपालिकाको दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ रूपैयाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का लिएको हो । उक्त निर्माण कम्पनीले मोबिलाइजेसन पेश्की वापत २९ लाख ६४ हजार लिएर काम थालेको थियो ।
खेल मैदान नहुदा खेलाडीहरूलाई समस्या भएको खेलप्रेमीहरूको गुनासो छ । जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबबिक्रम राईले बेलामा काम नसक्नु दुःखको विषय भएको बताएका छन् । थपिएको अवधिभित्र काम सक्नुपर्ने उनको भनाई छ ।
उक्त रङ्गशालाको स्टिमेट परिवर्तन भएकाले काममा ढिलाई भएको र म्याद थप भएको अवधिभित्रै काम सकिने निर्माणमा संलग्न जोसेफ रिजालको भनाई छ । म्याद थपिएको अवधिभित्र काम नगरे कारबाहीको प्रक्रिया बढाइने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित