दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बाँसजन्य वस्तुको प्रबद्र्धन गर्दै (भिडियो सहित)

  • प्रकाशित मितिः साउन ४, २०८१
  • 528 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको उत्पादन तथा प्रबद्र्धन सुरु गरेको छ । बाँसबाट विभिन्न सामग्री निर्माण गरी नगरबासीको समृद्धि हासिल गर्न बाँसजन्य वस्तुको प्रबद्र्धन गर्न सुरु गरिएको हो ।
नगरपाकिाले बाँसका फर्निचर, स्तनपानकक्ष समेत निर्माण गरेको छ । नगरमा बाँस प्रसस्त पाइने भएकाले बाँसजन्य वस्तुको प्रबद्र्धनमा जोड दिइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । उनका अनुसार ११ औं नगरसभाले बाँसजन्य वस्तु प्रबद्र्धन गर्ने नीति पारित गरी आर्थिक वर्ष २०८१/८२ मा दश लाख बजेट समेत विनियोजन गरिएको छ । यसबाट बाँसजन्य वस्तुको उत्पादन तथा प्रबद्र्धन गरिने भट्टराईको भनाई छ ।


नगरले बाँसको उपयोग गरेर नगरपालिकाको प्राङ्गढमा स्तनपानकक्ष बनाएको छ । तर स्तनपानकक्षको मापदण्ड नपुगेकाले औपचारिक रूपमा सञ्चालन नभएको उनको भनाई छ ।
बाँसजन्य वस्तुको प्रबद्र्धनका लागि दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन समेत आयोजना गर्ने तयारी गरिएको छ । आगामी कात्तिक २, ३ र ४ गते उक्त सम्मेलन आयोजना गर्ने तय गरिएको हो । उक्त सम्मेलनमा देशभरिका बाँससम्वन्धी विज्ञ, विश्वविद्यालयहरू, व्यवसायीहरू, पर्यावरणकर्मी लगायत बाँसका पारखीहरू सहभागी हुने भट्टराईको भनाई छ ।
जिल्लामा बाँस प्रसस्त भए पनि बाँस प्रजातिका कति बाँस छन् भन्ने आधिकारिक तथ्य चाहिँ नभएको भट्टराईको भनाई छ । नगरपालिकाले सुरु गरेको यो कार्यक्रमप्रति सबैले चासो राखेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित