नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३–जिल्लामा यो वर्ष एक सय ६८ मेट्रिकटन लिची उत्पादन भएको छ । जिल्लाको ३१ हेक्टर क्षेत्रफलमा लगाइएको लिचीबाट यत्तिको उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा २ मेट्रिकटन, हलेसी तुवाचुङ नगरपालिकामा २०.५० मेट्रिकटन लिची उत्पादन भएको छ । त्यस्तै जन्तेढुङ्गा गाउँपालिकामा ९ मेट्रिकटन, बाराहापोखरी गाउँपालिकामा ०.५० मेट्रिकटन, खोटेहाङ गाउँपालिकामा ३६ मेट्रिकटन, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १८.५० मेट्रिकटन, साकेला गाउँपालिकामा ६ मेट्रिकटन, रावाबेसी गाउँपालिकामा ७४ मेट्रिकटन, केपिलासगढी गाउँपालिकामा ०.५० मेट्रिकटन र ऐसेलुखर्क गाउँपालिकामा १ मेट्रिकटन लिची उत्पादन भएको छ । गत वर्ष ३० हेक्टरमा एक सय ५३ मेट्रिकटन लिची उत्पादन भएको थियो ।
जिल्लाका किसानले लिचीबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना भए पनि स्थानीय, प्रदेश र संघीय सरकार यसप्रति उदासीन देखिएको किसानको गुनासो छ । ‘सरकार कमिसनमा लिप्त छ, कृषिजन्य उत्पादनप्रति उदासीन छ,’ रावाबेसी गाउँपालिका–१ कुभिण्डेका रामबहादुर राईले भने–‘जबसम्म सरकारको चेत फिर्दैन तबसम्म किसानको हालत उस्तै रहन्छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित