राँके मेलाको रौनक (भिडियो सहित)

  • प्रकाशित मितिः साउन ३, २०८१
  • 436 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नुनथला र बुइपाको बीचमा पर्ने महुरेमा साउन २ गते राके मेला लागेको छ । उक्त मेलामा कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई लगायत विभिन्न राजनीतिक दलका नेताहरूदेखि स्थानीय, युवायुवती, बालबालिका, बृद्धबृद्धा लगायत सहभागी थिए ।
उक्त ठाउँमा पुस्तौदेखि राँके मेला लाग्दै आएको छ । राँके मेलामा स्थानीय रुपमा उत्पादन हुने फलफूल बेचविखन तथा साटासाट गर्ने चलन रहेको स्थानीयको भनाई छ । राँकेको बेला पहिले पहिले झगडा समेत हुने गरेको स्थानीय बुढापाकाहरूको भनाई छ । तर अहिले भने सामाजिक परिवर्तनका कारण लडाई झैझगडा हुन छाडेको स्थानीय दिपक राईले बताए ।
राके लाग्ने ठाउँमा सडक निर्माणका कारण पानीको मुहान सुक्नुका साथै पुस्तौदेखिको राके लाग्ने ठाउँ ध्वस्त पारिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वडाअध्यक्ष भगेश्वर राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित