वैचारिक बहसको खाचो

  • प्रकाशित मितिः चैत्र ४, २०७५
  • 1206 पटक पढिएको
  • संवादताता

धनिराम राई-
छोरी मान्छेको इज्जत सियोको टुप्पमा हुन्छ, भन्ने समाजलाई सोध्न मन लाग्छ । छोरा मान्छेको इज्जत कहा“ हुन्छ ? बृद्घ आमाबाबुको मृत्यु हुदा डा“को छोडेर छाती पिटी–पिटी रुने छोरा छोरी र बुहारीलाई सोध्न मन लाग्छ जीवन छदै जीवनकालभरि आमा बाबुलाई कति हेरचाह गर्नुभयो ? मृत्युपश्चात गरिएको दान मृत पिता पुर्खाले पाएको कसले देखेको छ ? पानी नचल्ने जात भनेर विभेदमा पारिएका हाम्रा कामी, दमाई, सार्की आदि दाजुभाइको हातबाट प्राप्त पानी चलाएपछि चल्दो रहेछ त । यस्ता अनेकौं गलत विचारबाट ग्रसित छौं हामी नेपाली यसो हुनुमा हिजोका टाठाबाठा, विभेदकारी सामन्त शोषक वर्ग र सत्ताधारी शासकहरु विम्मेवार छन् । यसै परम्पराको नतिजा नै हो नेपाल गरिब हुनु र नेपालीहरु पछि पर्नु । जति सुकै राम्रा नीति, कार्यक्रम र सिद्घान्तका कुरा गरे पनि वैचारिक शुद्घीकरण नभएसम्म समाज अघि बढदैन चीनमा माओको नेतृत्वमा सास्कृतिक क्रान्ति भए झैं नेपालमा वैचारिक पुनर्जागरन अभियान सञ्चालन गर्नै पर्ने आवश्यकता देखिन्छ । 
आम नेपाली सर्व साधरणको विचारलाई गलत र विकृत पार्ने काम सुनियोजित ढङ्गबाट गरिएको हो । यसको इतिहास निक्कै लामो छ र हरेक क्षेत्रमा यो प्रवेश गराइयो । राजनीति, शिक्षा, धर्म, संस्कार र संस्कृति कुनै पनि क्षेत्र सुरक्षित रहन सकेको छैन । राजनीति भनेको फोहोरी खेल हो, भन्ने आम धारणालाई स्मरण गर्न पुग्छौं । सत्य कुरा के हो भने राजनीति मुल नीति हो । सवै अन्य नीतिहरु यहीं नीतिबाट निर्देशित हुन्छन् । तर वर्तमान अवशथामा राजनीति र राजनीति गर्नेहरुलाई ठीक ढङ्गले हेरिन्न । यसो किन हुनगयो ? भन्ने प्रश्नको उत्तर खोज्न पनि वैचारिक पुनर्जागरण अभियान सञ्चालन गर्नु नितान्त आवश्यक देखिन्छ । चाहे राणकालमा होस् वा चाहे शाहवशीय शासनकालमा शासक वर्गबाट स्थापित गरिएको गलत परमपरालाई लोकतान्त्रिक नाम पाएको वर्तमान शासकहरुबाट पनि निरन्तरता दिइराखिएको छ । यसो हो भने के राजनीति नचाहिने, नगर्ने र खरावै चिज हो त ? त्यसो त पक्कै होइन । वर्तमान सरकारको गलत क्रियाकलाप वा जनआकाङ्क्षा अनुसार काम गर्न नसकेको कारण जनमानसमा असन्तुष्टि सिर्जना भएपनि एक दलीय निरङकुश राजतन्त्र वा जहानीय राणातन्त्रभन्दा अहिलेको शासन व्यवस्था निक्कै असल र लोकतान्त्रिक मान्नुपर्छ, किनकि कम्तीमा यस सरकारले गरेको गलत क्रियाकलापको विरोध गर्न पाइन्छ र आफूलाई मनमा लगेको कुरा बोल्न पाइन्छ । जन निर्वाचित भनिएका प्रतिनिधीहरुको सहमतीमा बनेको संविधान र सविधानमा कमसेकम मौलिक हकको व्यवस्था र लागू नभए पनि धर्म निरपेक्षताको कुरासम्मको उल्ख गरिएको छ । सयौं र हजारौं राजाहरु भन्दा एउटै राजा ठीक भन्ने भनाइहरु उर्लिनु, ‘राजा आउ देश बचाउ’ भन्ने नारा लाग्ने वातवरणलाई मलजल गर्ने काममा सत्ताामा बसेका सरकार र त्यस सरकार निर्माण गर्ने राजनीतिक दलहरु पक्कै जिम्मेवारी छन् तथापि लोकतान्त्रिक गणतन्त्रभन्दा कुनै पनि हालतमा राजतन्त्र ठीक हुनसक्दैन । सङ्घीयता र समाजवादको मुल्य र मान्यता अनुसार शासन व्यवस्था चल्न नसकेको भने पक्का हो । बलात्कारी भ्रष्टचारी र घुसखोरीहरुले उन्मुक्ति पाइरहनु, पदमा बसेकाहरुले आफै नियम बनाएर सेवा सुविधा र भत्ताको नाममा मनपरी राज्यकोष लुट्नु वैदेशिक ब्यापार घाटा बढ्नु, महंगी बढ्नु, दिगो विकास र स्वरोजगारको खाका तयार नहुनु आदि यो सरकारको कमजोरीहरु हुन् । 
धर्म के हो ? केलाई धर्म भनिन्छ ? बहस हुनु छलफल हुनु र एउटा स्पष्ट धारणा बनाउनु र त्यसलाई लागू गर्ने दायित्व यो सरकारको हो र धर्मको नाममा साम्प्रादयिक्तालाई पश्रय दिइएको छ । धर्मको गलत धारणाको प्रचार प्रशार गरी त्यसैको आडमा आम जनताको दिमागलाई दिगभ्रमित पार्दै सत्ता कब्जा गर्ने काम गरिएको छ । जस्तो ८० प्रतिशत नेपाली जनता हिन्दू धर्म मान्दछन् भन्ने भ्रम सिर्जना गरी नेपाललाई हिन्दू अधिराज्य बनाउने प्रपञ्च गरिएको छ, जबकि ९० प्रतिशतभन्दा बढी जनता क्रिश्चियन भएको मुलुक फिलिपिन्स धर्म निरपेक्ष देश हो । ३८ प्रतिशतभन्दा बढी आदिवासी जनजाती भएको मुलुकमा के आधारले ८० प्रतिशत हिन्दू हसनसक्छ । आदिवासी जनजातीहरुको संख्या घटाउंदा ६२ प्रतिशत मात्र हुन आउ“छ । ६२ प्रतिशतमा पनि बुद्घ, क्रिश्चियन, मुश्लिम आदि धर्म मान्नेहरुको पनि संख्या त पर्छ नै । सवभन्दा मुख्य कुरा त ‘धर्म धर्मै हो हिन्दू, बुद्घ, मुश्लिम, क्रिश्चियन आदि धर्म होइनन् साम्प्रादाय मात्र हुन भन्ने कुरा बुझ्न जररी छ । संसार भगवानले बनायो, दान गरेको कुरा मृत पुर्खाले पाउ“छन्, सत्वीजको नाममा अन्न, फलफूल र फलाहार फाल्नु, गाई काट्दा पाप हुन्छ । तर भैंसी, सुगुर, बोका, बाख्रा जति काटे पनि हुन्छ आदि धारणाहरु कति हास्यास्पद र लाजमदौ छन् । यसबारे वैधारिक बहस हुनु आवश्यक छ । 
शिक्षामा अंग्रेजी भाषाको भुत सबैलाई चढेको देखिन्छ । शिक्षालाई ब्यापारको रुपमा प्रयोग गर्नेहरुले ‘अंगे्रजी कार्ड’ फालेर व्रम्हलुट त गरेकै छन् तर विडम्बना स्वयम् शिक्षित भन्ने नागरिक र सरकार समेत त्यहि चङ्गुलमा फसेको देखिन्छ । प्राइभेट स्कुलहरुले जति आकर्षक नारा ल्याउर अल्मल्याए पनि देश र देशवासीहरुलाई माया गर्ने जनशक्ति उत्पादन गरेको देखिदैन । प्राइभेट स्कुलका बालबालिका र विद्यार्थीहरको चाहाना र रोजाइ स्वदेश बन्दैन विदेश जाने र पैसै कमाउने मात्र उनीहरुको लक्ष्य हुन्छ । यो परिस्थितिलाई सुधार गर्न वेचारिरक बहस गर्न आवश्यक छ । गरिब र अशिक्षित रोजगार नभएका पद नपाएका सर्वसाधारण अभिभावकका छोराछोरी सरकारी विद्यालयको गुणस्तर उकास्ने कुरा चुनौतीपूर्ण छ । यस अवस्थालाई सुधार गर्न शिक्षण पेशालाई रोजाइको पहिलो पेशा बनाउ“न सरकार तयार रहनुपर्छ भने शिक्षकले जै गुणस्तरको जिम्मा लिएर थप मेहनत गनुपर्छ ।
संस्कार, संस्कृति र चालचलनहरु अस्वभाविक रपल विकृत बन्दै गएको प्रति हामी किन सचेत छैनौं पूर्वीय संस्कृतिमा हामी किन रमाउन सकिरहेका छैनौं ? भंगेराले हांसको हिडाइ सिक्न खोज्दा आफ्नो प्राकृतिक  हिडाइको चाल पनि भुले जस्तै पश्चिम संस्कृतिको अन्दाधुन्द नक्कल गर्दै जा“दा हाम्रो अवस्था कस्तो होला ? सार्वजनिक स्थानमा खुल्ला रुपमा अर्धनग्न भएर कलाकार नामधरी असभ्य जङ्गलीहरुले कार्यत्रम गर्दा समेत हामी किन चुप छौं ? सत्र ठाउ“मा प्वाल भएको लुगा लगाउने, कानमा मुन्द्रो र लामो केस पाल्ने अनि केस फिजाएर छोटो लुगा लगाइ हिड्नेलाई हामी हिरो र हिराइन मान्न थाल्यौं । हरेक कुराको सीमा नियम र आचारसंहिता त हुन्छ नै हरेक कुराको स्वतन्त्रता र उन्मुक्ति खोज्दै जांदा मान्छे मान्छेबाट पशुमा झर्न त पक्कै राम्रो कुरा होइन नै होला ।
राष्ट्रियताको सवालमा त पूर्व प्रधानमन्त्री मरिचमान सीं श्रेष्ठबाहेक कोही पनि प्रधानमत्रीहरु स्पातिलो खम्बा भएर उभिन सकेनन् । भारतीय विश्तारवादीसामु घुडा टेकी नतमस्तक बन्दै देशको नदीनाला र जमिन सुम्पिएर होस् वा भरतीय स्वार्थ पूरा गराएर होस् हरेक दलका हरेक प्रधानमन्त्रीले आफ्नो कुर्सी नै राष्ट्र र राष्ट्रियता भन्दा ठूलो ठाने सुगौली सन्धी लगायतका असमान सन्धी सम्झौताबारे किन नेपाल सरकार स्पष्ट हुन र आफ्नो कुरा राख्न सक्दैन । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको अभियानबारे किन सुनुवाइ हुन सक्दैन । उनको अभियान गलत छ भने गलत भन्न सक्नु पर्छ । हैन सहि छ भने किन उहा“लाई हामी साथ दिदैनौं ? कि कुरा त ठीकै हो तर भनेर सही कुरालाई साथ दिन नसक्ने नेपाली संस्कारलाई नै बोकिरहने कि ? यसबारे बैचारिक छलफल गर्नुपर्छ ।
नेपाल सरकारलाइ थाहै नदिई नेपाली महिलालाई ब्रिटिस सेनामा भर्ना गरिएको कसरा सुन्नु निकै लाजमर्दो विषय हो । त्यसै पनि नपाली दाजुभाइलाई भाडाको सिपाही बनाएर बेच्नु गलत मात्रै होइन, शासक वर्गको ठूलो अपराध हो । पहिलो दोस्रो विश्वयुद्घबाटै नेपालीलाई गोलीको शिकार बनाएको क्षति भराएर भरिने सक्ने विषय नै होइन । यो गोर्खा भर्ती नामको कलङ्कले नेपाल र नेपालीलाई त घाटा छ नै आदिवास जनजातीहरुलाई झनै ठूलो घाटा छ । इटालीको एउटै स्थानमा ८०० राई, लिम्बु, तामाङ, मगर र गुरुङहरुको चिहानले के सङकेत गर्छ भने लडाइमा भाडाको सिपाही बनाउ“नु पछाडी उनीहरुले गरिखाउन् भन्ने विचार हुदै होइन, बरु यिनीहरुको अस्तित्व नामेट होस् भन्ने नै हो । नेपाल सरकार किन तयार छैन गोरखा भर्ती बन्द गर्न ? किन तयार छैन नेपाली युवायुवतीलाई स्वदेशमै रोजगारी दिन ? अर्को कुरा विदेशमा बेचिएर बहादुरी कमाएका नेपालीहरुलाई ‘वीर नेपाली’ भन्नु पर्नेमा ‘वीर गोर्खाली’ भनेर सङ्कुचन गर्नु पछाडि भयङ्कर षडयन्त्र छ । हामी वीर नेपाली हौं, वीर गोर्खाली होइनौं । यी आदि विषयमा वैचारिक वहस गनुपर्छ ।
नेपालको वर्तमान राजनीतिक नीति र सिद्घान्त सङ्घीयता र समाजवाद हो । यसबारे सबै राजनीतिक दलहरुको गोलमेच वैठक गरी छलफल गर्नु, छलफल हुनु र निष्कर्ष निकाल्नु अपरिहार्य आवश्यक्ता हो । दखिएका राजावादी र हिन्दू धर्मको पक्षपाती राजनीतिक दलहरु खुला अर्थतन्त्रलाई नीति बनाएको नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सङ्घीय समाजवादी फोरम, राजपा, विप्लब, वैध,नेमकिपा सवै एकै ठाउ“मा बसेर वैचारिक छलफल गर्नुपर्छ । कुन् दलको नीति, सिद्घान्त र विचार के हो ? देशको हावा पानी र माटो सुहांउदो र आवश्यकीय सिद्घान्त कुन हो भन्ने बारे महिनौ दिन लगाएरै भएपनि स्वस्थ र मैत्रीपूर्ण वैचारिक बहस गरेर देश र जनताको पक्षमा सबैसंगै हातेमालो गर्नलाई एउटा वैचारिक पुनर्जागरण अभियान राष्ट्रव्यापी रुपमा सञ्चालन गर्नुपर्छ कम्युनिष्टको अर्थ नै निरङ्कुशता पनि हो, किनकि कम्युनिष्ट शासन व्यवस्थामा अन्य लोकतान्त्रिक राजनीतिक दलहरुमाथि प्रतिबन्ध हुन्छ । चीन र उत्तर कोरियालाई हेरे यस कुराको पुष्टि हुन्छ । सर्वहरा वर्गका अधिनायकत्व हुनुपर्छ भन्ने सिद्घान्तबाट प्रेरित कमयुनिष्टमा एउटा समूहका मात्र अधिनायकत्व हुन्छ । यसकारण कतिसम्म राज्यको नियन्त्रण र कतिसम्म स्वतन्त्रता हुनुपर्छ भन्ने विषयमा वैचारिक पुनर्जागरणको लागि गोलमेच सम्मेलन गर्नैपर्छ ।
प्रकाशित मिति २०७५ चैत ४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित