तीन किलो सुनसहित दुईजना पक्राउ

  • प्रकाशित मितिः असार १६, २०७५
  • 1229 पटक पढिएको
  • संवादताता

काठमाडौँ/ महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जानकारी दिनुभयो । सुन कहाँबाट कसरी आयो भन्ने बारेमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित