ट्याक्टर दुर्घटना प्रकरण : ‘मृतकले नै चलाएका थिए ट्याक्टर, उनको लाइसेन्स् छैन’ : प्रहरी

  • प्रकाशित मितिः साउन १, २०८१
  • 621 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १–साउन १ गते मध्यन्ह साढे १२ बजे मध्यपहाडी लोकमार्ग अन्तरगत साकेला गाउँपाालिका–१ बाँझेच्यानडाडाँको सेखुवामा भएको ट्याक्टर दुर्घटना सवारी अनुमती पत्र नभएको व्यक्ति मृतकले चलाएको पुष्टि भएको छ । भोजपुरबाट दिक्तेल आउदै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्याक्टरका चालक बाँझेच्यानडाडाँका २८ वर्षीय सुरेन खत्रीले स्थानीय २१ वर्षीय जीवन देउजालाई चलाउन दिएपछि दुर्घटना भएको र उक्त दुर्घटनामा देउजाको मृत्यु भएको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खढ्काका अनुसार उक्त ट्याक्टरका चालक खत्रीले बाँझेच्यानडाडाँदेखि दिक्तेलसम्म देउजालाई ट्याक्टर चलाउन दिएको र सेखुवा पुगेपछि दुर्घटना हुदा देउजाको मृत्यु भएको हो । खत्रीलाई अपरान्ह साडे चार बजेतिर पक्राउ गरी अनुसन्धान सुरु गरिएको डिएसपी खड्काको भनाई छ । ‘सुरुमा त खत्रीले मैले नै ड्राइभिङ गरिरहेको बेला दुर्घटना भएको भनेका थिए,’ डिएसपी खड्काले भने–‘पछि अनुसन्धानको क्रममा मृतकले चलाएको बेला दुर्घटना भएको पुष्टि भयो ।’
उक्त दुर्घटनामा सहचालक स्थानीय १९ वर्षीय रोशन कटवाल घाइते भएका छन् । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । भोजपुरबाट दिक्तेल आउदै गरेको रित्तो ट्याक्टर अनियन्त्रित भई सडक भन्दा ३० मिटर तल झरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित