नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १–ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भोजपुरबाट दिक्तेल आउदै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत साकेला गाउँपाालिका–१ बाँझेच्यानडाडाँको सेखुवामा साउन १ गते मध्यन्ह साढै १२ बजे दुर्घटना हुदाँ त्यसमा सवार बाँझेच्यानडाडाँका २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक फरार छन् । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन । चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख पुरुषोत्तम खड्काले बताए । उक्त ट्याक्टरका सहचालक घाइते छन् । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सुरु भएको खड्काको भनाई छ । भोजपुरबाट दिक्तेल आउदै गरेको रित्तो ट्याक्टर अनियन्त्रित भई सडक भन्दा ३० मिटर तल झरेको डिएसपी खड्काले सुनाए । ट्याक्टर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित