खोटाङमा ५६.१९ प्रतिशत धान रोपाईँ सकियो (भिडियो सहित)

  • प्रकाशित मितिः असार ३०, २०८१
  • 565 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३०–जिल्लामा ५६.१९ प्रतिशत धान रोपाईँ सकिएको छ । असार ३० गते कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको विवरण अनुसार पाँच हजार ६ सय २८.९४ हेक्टरमा धान रोपाई सकिएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६२ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा २२, जन्तेढुङ्गा गाउँपालिकामा २७, बाराहापोखरी गाउँपालिकामा ७०, खोटेहाङ गाउँपालिकामा ५०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५, साकेला गाउँपालिकामा ५०, रावाबेसी गाउँपालिकामा ३५, केपिलासगढी गाउँपालिकामा ४० र ऐसेलुखर्क गाउँपालिकामा ६५ प्रतिशत धान रोपाईँ सकिएको छ । गत वर्ष यो बेलासम्म ३३.५ प्रतिशत मात्र धान रोपिएको थियो । खोटाङमा दश हजार १८.०९ हेक्टरमा धान खेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित