नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३०–जिल्लामा ५६.१९ प्रतिशत धान रोपाईँ सकिएको छ । असार ३० गते कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको विवरण अनुसार पाँच हजार ६ सय २८.९४ हेक्टरमा धान रोपाई सकिएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६२ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा २२, जन्तेढुङ्गा गाउँपालिकामा २७, बाराहापोखरी गाउँपालिकामा ७०, खोटेहाङ गाउँपालिकामा ५०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५, साकेला गाउँपालिकामा ५०, रावाबेसी गाउँपालिकामा ३५, केपिलासगढी गाउँपालिकामा ४० र ऐसेलुखर्क गाउँपालिकामा ६५ प्रतिशत धान रोपाईँ सकिएको छ । गत वर्ष यो बेलासम्म ३३.५ प्रतिशत मात्र धान रोपिएको थियो । खोटाङमा दश हजार १८.०९ हेक्टरमा धान खेती गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित