प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापालाई (भिडियो सहित)

  • प्रकाशित मितिः असार २५, २०८१
  • 684 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार २५–जिल्लाको बुइपास्थित यलम्बर रङ्गशालामा असार २५ गते सम्पन्न प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले चुमेको छ । भोजपुरलाई एक शुन्यले हराउदै झापाले उपाधि चुमेको हो ।
खेलको पहिलो हाफको दश मिनेटमै भोजपुर विरुद्ध झापाकी जेनिफर रानामगरले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । विजेता टिमले दुई लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । ओखलढुङ्गालाई दुई शुन्यले हराउदै भोजपुर उपविजेता बनेको हो । उपविजेता भोजपुरले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

खेलअवधिभरमा हाइस्कोरर तथा सर्बोत्कृष्ट खेलाडीमा झापाकी जेनिफर रानामगर घोषित भइन् । उनले खेल अवधिभर ९ गोल गरेकी थिइन । रानामगरले नगद ३५ हजार ट्रफी र प्रमाणपत्र पाइन् ।फाइनल खेल अवधिभर बेस्ट गोल्ड किपर झापाकी जसुधा लिम्बु, बेष्ट डिफेण्डर भोजपुरकी कमला श्रेष्ठ, बेष्ट मिडफिल्डर झापाकी सिम्रन राई, बेष्ट फर्वार्ड भोजपुरकी आरती भुजेल, बेष्ट कोच झापाका सन्तबहादुर रायमाझी, राइजिङ प्लेयरमा खोटाङकी रिया राई घोषित भइन् । उनीहरूले जनही तीन–तीन हजार नगद, ट्रफी र प्रमाणपत्र पाएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश खेलकुद विकास सचिव कृष्ण बस्नेतले पुरस्कार वितरण गरेका थिए । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा असार २० गते सुरु खेलमा कोसी प्रदेशका १४ जिल्लाका महिला टिमले सहभागिता जनाएको थियो । खेलाडीका लागि खाने, बस्ने तथा आउने जाने खर्च समेत आयोजकले ब्यहोरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित