खोटाङमा भीषण आगलागी, छ घर नष्ट, आगो अझै नियन्त्रण बाहिर

  • प्रकाशित मितिः चैत्र १, २०७५
  • 1801 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत १–जिल्लाको उत्तरी क्षेत्र दुबेकोल र माक्पामा सुक्रबार दिउसो भीषण आगलागी भएको छ । रावाबेसी गाउ“पालिका–५ दुबेकोलस्थित गढीथुम्की सामुदायिक वनबाट फैलिएको आगोले छ घर जलेर नष्ट भएको छ ।
दिउसो साडे १२ बजेतिरबाट सुरु भएको डढेलोले दुबेकोलमा चार र ऐसेलुखर्क गाउ“पालिका–७ माक्पा लेवामा दुई घर जलेर नष्ट भएको छ । सुक्रबार साझसम्म आगो नियन्त्रण आउन सकेको छैन । रावाबेसी गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाका अनुसार गढीथुम्की सामुदायिक वनबाट सल्किएको आगोले दुबेकोलका गोपाल पाण्डे, युवराज पाण्डे, आभिशेखर पाण्डे र भीम पाण्डेको घर–मतान जलेर नष्ट भएको छ । 
त्यस्तै उक्त वनबाटै फैलिएको आगोले ऐसेलुखर्क गाउ“पालिका–७ माक्पा लेवास्थित भान्सिङ्गे सामुदायिक वन हुदै गाउ“ पसेको आगोले माक्पा लेवाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर–मतान जलेर नष्ट भएको छ । एक सय ९० हेक्टर क्षेत्रफल भएको गढीथुम्की सामुदायिक वन पूरै सखाप भएको छ भने करिब दुई सय हेक्टर क्षेत्रफल भएको भान्सिङ्गे सामुदायिक वन पनि धेरैजसो सखाप भएको अध्यक्ष निरौलाले सुनाए । 
आगो नियन्त्रणका लागि ऐसेलुखर्कस्थित नेपाली सेना, प्रहरी, जनप्रतिनिधिहरु तथा सर्वसाधारण खटिरहेका छन् । दमकल नभएकाले आग्नी रेखा काटेर आगो नियन्त्रणको प्रयास भइरहेको अध्यक्ष निरौलाले सुनाए । यद्यपि नियन्त्रण गर्न असम्भवजस्तै भएको निरौलाले जनाए । वनक्षेत्र सबै सखाप हुने अवस्थामा पुगेको निरौलाले बताए । ‘आगो नियन्त्रणका लागि हामी सबै खटिएका छौं ।’ अध्यक्ष निरौलाले भने–‘घरहरु जोगाउ“न सफल भए पनि वन क्षेत्र भने जोगाउ“न नसकिने अवस्थामा पुग्यो ।’
आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको अध्यक्ष निरौलाको भनाई छ । आगलागीले कति धनमाल क्षति भयो भन्ने विवरण पनि नआइसकेको निरौलाले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित