सविना अछामे–
खोटाङ, असार २४–अन्डर सेभेन्टिन (यू–१७) फुटबल खेलका लागि कोसी प्रदेशबाट खोटाङका आठ खेलाडी छानिएका छन् । आगामी असोज २ गतेदेखि १२ गतेसम्म भुटानमा सञ्चालन हुने साफ यू १७, २०२४ तथा एफसी अन्डर सेभेन्टीन एसियनकप क्वालिफायर्स २०२४ का लागि छनौट भएका हुन् ।
कोसी प्रदेश फुटबल संघको आयोजनामा असार २० गते धरानमा भएको प्रदेशस्तरीय छनौटमा उनीहरू परेका हुन् । खोटाङबाट छनौट भएर पठाइएका १९ खेलाडीमध्ये आठ जना छनौटमा परेका हुन् । उक्त छनौटमा खोटाङका मनिष श्रेष्ठ, रोहन परियार, पासकल बस्नेत, निरोज मोते, शुलभ भुजेल, प्रज्ज्वल गुरुङ, रोशन बराल र सन्देश मोते परेका हुन् ।
छनौट भएका खेलाडीहरू आगामी साउन २५ गतेदेखि ३२ गतेसम्म हुने राष्ट्रिय खेलमा सहभागी हुने प्रशिक्षक रोशिष श्रेष्ठले बताए । पहिलेको तुलनामा अहिले फुटबल खेल राम्रो भएको जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुबविक्रम राईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित