रामधन राई–
काठमाडौं, असार २३–‘हौवा हौ दर्शन नमस्ते’, ‘लेखेको भावी मेटिदैन’, ‘हेरेर तिम्रो रूप’ जस्ता चर्चित गीतहरू नेपाली सांगीतिक मनहरू समाउन सफल गीतहरूमध्ये पर्दछन् । राजेशपायल राईले गाएका उल्लेखित चर्चित गीतहरूसंगै उत्तिकै गहकिलो गीतहरु सिर्जना गरिरहने सर्जक अर्थात गीतकार विकाश संगम राई भने पर्दा पछाडी जस्तै देखिन्छन् ।
खोटाङमा जन्मेर २०–२२ वर्षको अल्लारे उमेरमै अब्बल गीत लेख्न सक्ने अदभूद् क्षमता भएका सर्जकमा पर्छन उनी । २०७३ को सुरुतिरै आफ्नै एकल स्वरमा गीति एल्बम ‘घायल चरी’ बजारमा पस्किएका राईलाई आफै संगीत भर्ने हुटहुटी छ ।
गीत संगीतमा जीवन देख्ने उनको शब्दमा ‘छैन भरोसा जीवनको’ बोलको गीत भर्खरै रिलिज भएको छ । सागर संसार राईको स्वर, विशेष खालिङको संगीतमा माहोल सिजन नामक युट्युबबाट रिलिज भएको हो ।
विकाश संगमको शब्दमा राजेशपायल राई, स्मिता प्रधान, सुनिता थेगिम, जमुना राई, दावा लामा, ननीन राईजस्ता चर्चित गायक–गायिकाले गीत गाइसकेका छन् ।
विक्रम राई लगायतको संगीतमा रेकर्ड भएका विकाशको शब्दमा महाराज थापा, देबेश राई, राजु कार्की लगायत एरेन्जरको ऐरेन्जमेण्ट छ ।
सानैदेखि राजेशपायल राई, रामकृष्ण ढकालजस्ता अब्बल दर्जाका गायकहरूको गीत सुन्दै र गुन्गुनाउने विकाशलाई गोपाल योन्जन, राजेन्द्र थापा कृष्णहरि बराल राजन मकारुङ, बुद्धवीर लामा लगायतका शब्द तथा संगीत मनपर्ने उनी सुनाउछन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा इश्वरमान राई र धनकुमारी राईको कोखबाट जन्मिएका विकाश संगम राईको गीतहरू निरन्तर रेकर्ड भइरहनुका साथै अन्य थुप्रै गीतहरू रेकर्ड हुने तयारीमा रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित