दिक्तेलमा पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने तालिम सुरु (भिडियो सहित)

  • प्रकाशित मितिः असार १६, २०८१
  • 109 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १६–दिक्तेलमा सेनिटरी प्याड बनाउँने तालिम सुरु भएको छ । पुन ः प्रयोग गर्न मिल्ने खालको प्याड बनाउने तालिम असार १६ गते खोटाङ उद्योग वाणिज्य संघको कार्यालयमा सुरु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग र खोटाङ उद्योग वाणिज्य संघको आयोजनामा उक्त तालिम सुरु गरिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यको भनाई छ ।
पुन ः प्रयोग गर्ने प्याड उपयोगी र व्यवहारिक पनि हुने प्रशिक्षक जानुका सापकोटाले बताइन् । यस्तो खाले प्याडबाट उद्यमीहरूले राम्रो आम्दानी पनि गर्न सक्ने भएकाले उनीहरूलाई लक्षित गरी तालिम दिइएको प्रशिक्षक सापकोटाको भनाई छ । यो तालिम उपयोगी भएको तालिमका सहभागीहरूले बताएका छन् । उक्त तालिममा ३१ जना सहभागी छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित