खोटाङमा धान दिवसको रौनक (फोटो–भिडियो सहित)

  • प्रकाशित मितिः असार १५, २०८१
  • 116 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १५–जिल्लामा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ मनाइएको छ । कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजना दिक्तेलको झिसेपुमा असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।


यस अवसरमा बालबालिका, युवा–युवती, कर्मचारी, जनप्रतिनिधिदेखि पाकासम्मले धान रोपेका छन् । किसानलाई खेतीप्रति हौसला दिन धान दिवस मनाइने गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । किसानको सम्मानका लागि पनि धान दिवस मनाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राईले बताए ।


जिल्लामा यो वर्ष १३४२.४५ हेक्टरमा अर्थात १३.४० प्रतिशत धान रोपिसकिएको छ । यसमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा १६ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा १४, जन्तेढुङ्गा गाउँपालिकामा १.०३७, बाराहापोखरी गाउँपालिकामा २, खोटेहाङ गाउँपालिकामा १५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १५, साकेला गाउँपालिकामा २०, रावाबेसी गाउँपालिकामा १०, केपिलासगढी गाउँपालिकामा १० र ऐसेलुखर्क गाउँपालिकामा १० प्रतिशत धान रोपिएको कृषि ज्ञान केन्द्र खोटाङक कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।


पण्डितका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा तीन हजार ५ सय, हलेसी तुवाचुङ नगरपालिकामा एक सय २०, जन्तेढुङ्गा गाउँपालिकामा दुई सय ४०.९६, बाराहापोखरी गाउँपालिकामा ६ सय ५७, खोटेहाङ गाउँपालिकामा एक हजार दुई सय, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एक हजार दुई सय, साकेला गाउँपालिकामा आठ सय, रावाबेसी गाउँपालिकामा आठ सय ५०, केपिलासगढी गाउँपालिकामा चार सय ५० र ऐसेलुखर्क गाउँपालिकामा एक हजार दशमलव १३ हेक्टर गरी जिल्लाभर १० हजार १८.४० हेक्टरमा धान खेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित