खोटाङका ९ सामुदायिक विद्यालयले एसइइ परीक्षामा निल खायो (भिडियो सहित)

  • प्रकाशित मितिः असार १४, २०८१
  • 213 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १४–खोटाङमा ९ सामुदायिक विद्यालयले एसइइ परीक्षामा निल खाएको छ । जिल्लाका ९६ सामुदायिक विद्यालयमध्ये ९ विद्यालयको यो वर्षको एसइइ नतिजा शुन्य भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख तीर्थ विश्वकर्माका अनुसार सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तीन विद्यालयले निल खाएको छ । यसमध्ये पञ्चकौशिका मावि भडारेघाट, सरस्वती मावि डाडाँखर्क र जनता मावि मुसुरीडाडाँले निल खाएको हो ।
त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाको दाम्ली मावि डिकुवा र कालिका मावि बाहुनीडाडाँ, साकेला गाउँपालिकाको साकेला मावि रतन्छा र शिद्धेश्वरी मावि खिदिमाले निल खाएको छ । त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको अन्नपूर्ण मावि दोर्पाचिउरीडाडाँ र रावाबेसी गाउँपालिकाको देउराली मावि डुम्रेधारापानीले निल खाएको छ ।
पढाईको गुणस्तर खस्केनु, दरबन्दी अनुसारको शिक्षक नहुनु, विषयगत शिक्षक नहुनु, पठन–पाठनप्रति अभिभावकहरूको निगरानी नहुनु, समयमा कोर्स नसकिनु लगायतका कारण विद्यालयले निल खाएको विश्वकर्माले बताए ।
खोटाङ जिल्लामा ५१.१ प्रतिशतले मात्रै एसइइ परीक्षा उतीर्ण गरेका छन् । नियमिततर्फ दुई हजार सात सय ६९ जनामध्ये एक हजार चार सय १५ जनाले उतीर्ण गरेका हुन् ।
यसमध्ये ए प्लस ८५ जना, ए दुई सय ४९ जना, बी प्लस चार सय ९९ जना, बी पाँच सय २६ जना, सी प्लस ५६ जनाले उतीर्ण गरेका हुन् । एक हजार तीन सय ५४ जना भने नन् ग्रेड भएका छन् । जिल्लामा ९६ सामुदायिक र पाँच संस्थागत विद्यालयका दुई हजार सात सय ६९ जना विद्यार्थी एसइइ परीक्षामा समेल भएका थिए ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित