खोटेहाङको वाप्लुखामा ब्रिटिस गोर्खाको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

  • प्रकाशित मितिः जेठ २९, २०८१
  • 1405 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २९–खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको मुखिताङमा ब्रिटिस गोर्खा वेल्फेयर र स्थानीयको लगानीमा तीन कोठे विद्यालय भवन निर्माण गरिएको छ । वाप्लुखाको मुखिताङस्थित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो ।
ब्रिटिस गोर्खा वेल्फेयरको १७ लाख रूपैयाँ र प्राविधिक सहयोग तथा स्थानीय उपभोक्ताको चार लाख ४३ हजार चार २६ बराबरको जनश्रमदानमा तीनकोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको वडाअध्यक्ष पारस राईले बताए । नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवनको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई र ब्रिटिस गोर्खा वेल्फेयर स्किम भोजपुरका क्याप्टेन प्रतापसिं राईले जेठ २८ गते संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
२०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ८ सम्म एक सय ६ जना विद्यार्थी र तीन जना प्राथमिक तहका स्थायी दरबन्दी, दुई जना आधारभूत तहका राहत दरबन्दी, एक जना प्राथमिक तहका राहत र एक जना बालविकास सहयोगी कार्यकर्ता र निजी श्रोतका दुई गरी ९ जना शिक्षक कार्यरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रहाङ किरातीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित