नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १८–साकेला गाउँपालिका–३ खिदिमाका किसानलाई तोरीको तेल पेल्ने मेसिन वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्थानीय जनविकास वहुउद्देश्यीय सहकारी संस्थालाई एक थान तोरी पेल्ने आधुनिक उपकरण जडित मेसिन हस्तान्तरण गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को वडागत सिलिङबाट विनियोजित बजेटबाट खरिद गरिएको मेसिन सहकारी संस्थालाई हस्तान्तरण गरिएको हो । तोरी पेल्ने मेसिन खरिद र किसानले उत्दान गरेको तोरी खरिद गर्नका लागि वडाले पाँच लाख रुपैंया बजेट छुट्याएको थियो ।
स्थानीय उत्पादनलाई जोड दिँदै वाह्य तेल निरुत्साहित गर्ने उद्देश्यले वडा आफैले मेसिन खरिद गरी समूह मार्फत किसानलाई हस्तान्तरण गरिएको उक्त वडाका वडाध्यक्ष गोविन्द तामाङले बताए । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम बनाएको छ । उक्त कार्यक्रम अनुरूप तोरी खेतलाई बढवा दिएर किसानले उत्पादन गरेको तोरी समूहले खरिद गरी तेल उत्पादन गर्ने र बिक्री गर्ने उद्देश्य राखेको छ ।
गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पु¥याउन कृषि तथा पर्यटनबाट मात्र सम्भव भएकाले नयाँ कामको थालनी भएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले आवधिक योजनामा समेत एक गाउँ एक कृषि उत्पादन र कृषि पकेट क्षेत्रको नीतिलाई प्राथिमकतामा राखेर काम सुरु गरेको अध्यक्ष राईको भनाई छ ।
समूहमा हस्तान्तरण गरिएको तोरी मिल यसै वर्षदेखि सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ । यसअघि गाउँपालिकाले साकला गाउँपालिकाको वडा नम्बर–५ कात्तिकेका किसानलाई कफी प्रशोधन गर्ने मेसिन हस्तान्तरण गरिसकेको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ३ खिदिमा क्षेत्रमा तोरी अत्याधिक उत्पादन हुने क्षेत्रको रूपमा लिइन्छ । लेकाली भूगोल भएका कारण आलु खेतीको समेत राम्रो सम्भावना छ । गाउँपालिकाको कुन भूगोलमा के उत्पादन लगाउँदा समृद्ध पालिका बनाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान भइरहेको र सबै क्षेत्रको माटो परीक्षण समेत गरिसकिएको अध्यक्ष राई बताए । पालिकालाई समृद्ध बनाउन विभिन्न क्षेत्रको आवश्यकता र पहिचानको खोज अनुसन्धान भइरहेको समेत राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित