नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार २०–बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बहुप्राविधिक शिक्षालयका लागि स्थानीयले ६७ रोपनी भन्दा बढी जग्गा सिटिइभिटीलाई निःशुल्क उपलब्ध गराएका हुन् ।
सिटिइभिटीका उपनिर्देशक रमाकान्त काफ्लेका अनुसार स्थानीय हर्कबहादुर राईले चार रोपनी सात आना, देवान राईले चार रोपनी तीन आना, अर्थबहादुर राईले सात रोपनी १२ आना, कुमारसिं राईले पा“च रोपनी १३ आना, तीनजित राईले एक रोपनी आठ आना, उत्तरबहादुर राईले १३ रोपनी एक आना, दीपक राईले चार रोपनी चार आना, भद्रबहादुर राईले छ रोपनी दुई आना, पदमबहादुर राईले चार रोपनी पा“च आना, प्रेम साम्पाङ राईले पा“च रोपनी सात आना र गंगादेवी राईले दश रोपनी १४ आना गरी ६८ रोपनी ११ आना जग्गा सिटिइभिटीलाई निःशुल्क उपलब्ध गराएका हुन् ।
काफ्लेका अनुसार आगामी आर्थिक वर्षबाट भौतिक निर्माणका काम सुरु हुने छ । यद्यपि बजेटको हकमा भने कति छुट्टिने एकीन नभएको काफ्लेले सुनाए । बहुप्राविधिक शिक्षालय स्थापनापछि कसैले पनि बेरोजगार बस्न नपर्ने काफ्लेले सुनाए । दिक्तेलको इन्द्रेणी होटलमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई, पूर्व सांसद तथा नेकपाका स्थायी आमन्त्रित सदस्य टंक राई, पूूर्व सभासद तथा नेकपा केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित