राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार मिलन विश्वकर्मालाई

  • प्रकाशित मितिः जेठ 6, 2081
  • 1243 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ६–दिक्तेलको माटिकोरे कभर्डहलमा जेठ ६ गते सम्पन्न १८ वर्षमुनिका राष्ट्रव्यापी खुला गायन प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का मिलन विश्वकर्मा प्रथम भएका छन् । खोटाङमा जारी प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, सांगीतिक, साहित्यिक पर्यटन महोत्सवको अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भएका विश्वकर्माले ४० हजार नगद, मेडल र प्रमाणपत्र पाएका हुन् ।
त्यस्तै खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका सुदीप विश्वकर्मा दोश्रो भएका छन् । उनले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएका छन् । तेश्रो हुने ऐसेलुखर्क गाउँपालिका–२ राखावाङदेलकी कञ्चन राईले नगद १७ हजार, मेडल र प्रमाणपत्र पाएकी छन् । चौथो हुने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी अदिति शाक्यले नगद ११ हजार मेडल र प्रमाणपत्र तथा पाँचौं हुने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका डेनिश राईले नगद ७ हजार मेडल र प्रमाणपत्र पाएका हुन् ।
कोसी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, संगीतकार महेश खड्का, गायक रूपकुमार राई, कांग्रेस युवा नेता रोजन राई लगायतले पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा २६ जना सहभागी थिए । संगीतकार महेश खड्का, गायिका पार्वती राई र गायक रोशन राई प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै संगीतकार महेश खड्का र गायिका पार्वती राई सम्मानित भएका छन् । नगद सात हजार सात सय ७७ रूपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मानित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित