तावाभन्ज्याङमा ताल बन्दै

  • प्रकाशित मितिः फाल्गुन १४, २०७५
  • 1781 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन १४–साकेला गाउ“पालिकाको वडा नं ३ खिदीमास्थितत तावा भन्ज्याङमा ताल निर्माण गरिने भएको छ । उक्त ताल करिब सात मिटरको बन्ने भएको हो ।
यसका लागि प्रारम्भिक अध्ययन सकिएको छ । उक्त अध्ययन गत आर्थिक वर्षमै गरिएको थियो । गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काका अनुसार प्रदेश नम्बर–१ कै नमुना ताल बनाउ“ने योजनका साथ काम भइरहेको छ । प्रदेश न–१ का मुख्यमन्त्री शेरधन राई सहितको सहभागितामा भएको छलफलपछि ताल निर्माणको थालनी गरिएको अध्यक्ष खड्काले सुनाए ।
अहिले डिपिआरको काम भइरहेको अध्यक्ष खड्काले बताए । ‘यसको लागत कति हुन्छ भन्ने डिपिआरपछि मात्र टुङ्गो लाग्ने छ ।’ अध्यक्ष खड्काले भने–‘आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट प्रक्रियामा लैजाने योजना बनेको छ ।’ अध्यक्ष खड्काले–‘प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री राईले आश्वासन दिनु भएको छ ।’
उक्त ताल निर्माण गरिने क्षेत्र करिब नौ सय मिटरको रहेको र पानीको भारवन क्षमताको आधारमा ताल निर्माण गरिने छ । ताल निर्माणपछि आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन हुने अध्यक्ष खड्काले सुनाए । यस क्षेत्र प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु समेत अवलोकन गर्न सकिने छ । यसको तल्लो क्षेत्रमा रेन्बोट्राउट पालनको योजना बनाइएको छ । यो ताल निर्माणले तावाखोलाको पानी बढ्ने अध्यक्ष खड्काले सुनाए । यो ताल समुद्री सतहदेखि २२ सय मिटर उचाई पर्छ ।
ताल निर्माणपछि टेम्के, मैयू लगायतका प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न यसले मद्दत गर्ने छ । यसका साथै टेम्केमा भ्युटावर समेत निर्माण गरिने समेत गरिने खड्काले सुनाए । मुन्धुम ट्रेलसंग समेत सम्बन्ध जोड्ने योजना बनाइएकाले यसको भविष्य उज्ज्वल रहेको अध्यक्ष खड्काले सुनाए । ताल निर्माणपछि आसपासमा पानीको श्रोत बढन्का साथै पर्यावरणमा समेत सघाउ पुग्ने खड्काको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित