सविना अछामे–
खोटाङ, जेठ ५–जिल्लास्थित पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफीसम्वन्धी दश दिने आधारभूत तथा क्षमता विकास तालिम जेठ ५ गते सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा एभरेष्ट फिल्म एकेडेमी काठमाडौंको प्राविधिक सहयोगमा हिमालय इन्स्टिच्युट दिक्तेल खोटाङले दश दिने फोटो तथा भिडियोग्राफी तालिमको आयोजना गरेको हो ।
प्रविधिको विकाससंगै पत्रकार र फोटो स्टुडियो व्यवसायीलाई समयअनुकुल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिमको आयोजना गरिएको आयोजक हिमालय इन्स्टिच्युटका सञ्चालक अजय बस्नेतले बताए । ‘जिल्लाका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ, हामीले जिल्लाका हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यवसायिक काम गर्ने वातावरण सिर्जना गर्न तालिमको आयोजना गरिएको हो’ बस्नेतले भने–‘यस पटक पत्रकार र फोटो स्टुडियो व्यवसायीका लागि फोटो तथा भिडियोग्राफीसम्वन्धी आधारभूत तथा क्षमता विकास तालिमको आयोजना गरिएको हो, यसले फोटो तथा भिडियोग्राफीमै भविश्य खोज्नेहरुको लागि थोरै भएपनि सहयोग पुग्नेछ भन्ने आशा राखेका छौं ।’
फोटो तथा भिडियोग्राफीसम्वन्धी दश दिने आधारभूत तथा क्षमता विकास तालिममा जिल्लामा क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायी गरी २५ जनाको सहभागी छन् । उक्त तालिमको सहजीकरण एभरेष्ट फिल्म एकेडेमीका फोटो तथा भिडियोग्राफर विकास सिटौला र सौगन्ध डङ्गोलले गरिरहेका छन् ।
तालिमको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष सुनिल थापाले पानसमा बत्ती बालेर संयुक्त रूपमा गरेका छन् । कार्यक्रममा कलाकार सुनिल थापाले तालिममा सहभागीहरूमध्ये उत्कृष्ट एकजनालाई एकेडेमीमा निःशुल्क एड्भान्स् तालिम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित