‘ज्ञानको केन्द्र राजधानी होइन, गाउँ रहेछ’ : कुलपति भूपाल राई

  • प्रकाशित मितिः जेठ ४, २०८१
  • 575 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ४–नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले विभिन्न ठाउँमा पुगेर भाषा संरक्षण र प्रबद्र्धनको काम भइरहेको बताएका छन् । पहिलेको राजा महाराजा कुलपतिजस्तो केन्द्रमा बसेर एउटै भाषालाई मात्र संरक्षण नगरी लोप हुन लागेका भाषाको गाउँ–गाउँमा पुगेर संरक्षण र प्रबद्र्धनमा लागेको बताएका हुन् ।
खोटाङमा जारी बृहत खोटाङ हलेसी खेलकुद साहित्यिक सांगीतिक तथा पर्यटन महोत्सवको अवसरमा जेठ ३ गते हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै राईले भने–‘पहिलेको राजा–महाराजा कुलपति हुँदा एउटै भाषा संस्कृतिलाई मात्र होइन, जनताको छोरा कुलपति भएपछि गाउँ–गाउँमा गएर लोप हुन लागेका भाषा, साहित्य, संस्कृति, सभ्यता संरक्षणको काम भइरहेको छ’ उनले थपे–‘कतिपय भाषा लोप भएर जाने अवस्थामा पुगिसकेको छ, त्यही डरले भाषा संरक्षणका विभिन्न कार्यक्रमहरू गरिरहेका छौं ।’
भाषा, साहित्य, संस्कृति, सभ्यता लगायतका विभिन्न विषयको ज्ञानको केन्द्र अब राधनानीमा नभएर गाउँमा भएकाले अब गाउँ केन्द्रित भएर काम गर्ने समेत राईले धारणा राखे । ‘पहिले राजधानीलाई ज्ञानको केन्द्र भनेर भनिन्थ्यो तर बल्ल थाहा भो ज्ञानको केन्द्र गाउँ रहेछ, त्यही भएर गाउँ केन्द्रित काम सुरु गरिएको छ’–राईले भने ।
वर्तमान अवस्थामा विकास मान्छेमा आधारित भएर गर्नु पर्नेमा विकासको नाममा भौतिक विकासलाई मात्र ध्यान दिएको राईले धारणा राखे । भाषा, साहित्य, संस्कृति, सभ्यता जस्ता विनाको विकास खण्डहर मात्र हुने भएकाले यसप्रति पनि ध्यान दिनुपर्ने राईले बताए । खासगरी स्थानीय तहहरूले विकास–विकास–विकास मात्र भन्ने, तर भाषा, साहित्य, संस्कृति, सभ्यताजस्ता महत्वपूर्ण पक्ष विनाको विकास खण्डहर विकास भइरहेको राईले धारणा राखे । धरानका मेयर हर्क साम्पाङले पानीको विषयमा देशै उरालेको उल्लेख गर्दै भने–‘पानी मात्र विकास होइन, यो पालामा पानी ल्याउँन सकिएन भने अर्कोचोटी पनि ल्याउँन सकिएला तर भाषा, साहित्य, संस्कृति, सभ्यता लोप भएर गयो भने त्यसलाई फर्काउन सकिदैन’ राईले भने–‘भाषा, साहित्य, संस्कृति, सभ्यता विनाको विकास खण्डहर विकास हो, यो विषयमा पनि ध्यान जानु पर्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित