सविना अछामे–
खोटाङ, बैशाख ३१–दिक्तेलमा आयोजित तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ४० जनाको आँखा शल्यक्रिया गरिएको छ । बैशाख २९– ३१ सम्म भएको शिविरमा एक सय ४ जनाका मोतिविन्दुको शल्यक्रिया र ३६ सामान्य शल्यक्रिया गरिएको हो ।
शिविरमा ९ सय ६० जनाले आँखाको उपचार गराएको नेपाल नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताए । उनका अनुसार शिविरको तेश्रो दिन ४५ जनाको आँखा शल्यक्रिया गरिएको छ भने दुई सय १९ जनाको आँखा जाँच गरिएको छ । दोश्रोे दिन बैशाख ३० गते ५५ जनाको आँखा शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालित शिविरको दोश्रो दिन, ४४ जनाको मोतिविन्दुको शल्यक्रिया र ११ जनाको सामान्य शलयक्रिया गरिएको हो ।
कसजुका अनुसार दोश्रो दिनको शिविरमा तीन सय ४७ जनाको आँखा जाँच गरिएको छ । शिविरको पहिलो दिन बैशाख २९ गते ४१ जनाको आँखा शल्यक्रिया गरिएको थियो । यसमध्ये ३७ जनाको मोतिविन्दुको शल्यक्रिया र ४ जनाको सामान्य शल्यक्रिया गरिएको थियोे । पहिलो दिन तीन सय ३१ जनाको आँखा जाँच गरिएको थियो । नगरपालिका, नेत्रज्योति संघ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा सञ्चालन गरेको आँखा जाँचमा एक सय २० जनाको आँखा शल्यक्रिया गर्नु पर्ने देखिएको थियो । उनीहरूलाई लक्षित गरी, बैशाख २९, ३० र ३१ गते निःशुल्क आँखा शल्यक्रियाका लागि, शिविर सञ्चालन गरिएको कसजुको भनाई छ । शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चस्मा, ६ सय ७ जनालाई निःशुल्क औषधी वितरण गरिएको कसजुले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित