नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनको प्रक्रिया बढाएको छ । अघिल्लो स्थानीय तहले २०७८ सालबाट लागू गरेको स्थानीय विषय पाठ्यक्रम अपूरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न प्रक्रिया बढाएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका शिक्षा शाखाका नानीराम आचार्यका अनुसार संघीयताको अनुभूति दिने गरी जातजाति, भाषाभाषी, संस्कृतिलाई समेत समेटेर पाठ्यक्रम परिमार्जनको प्रक्रिया शुरु गरिएको हो । ‘पहिलेको स्थानीय विषयको पाठ्यक्रममा समग्र नगरपालिकाको विषय मात्र समेटिएको थियो ।’ उनले भने–‘तर अहिले जातजाति, भाषाभाषी, संस्कृति समेत पाठ्यक्रममा समेटिन्छ ।’
उनका अनुसार परिमार्जन गरिने पाठ्यक्रममा हरेक वडामा छुट्टा–छुट्टै विषय रहने छ । यसका लागि गत बैशाख १४ र १५ गते सहजकर्ताहरूलाई तालिम दिइएको आचार्यले सुनाए । स्थानीय पाठ्यक्रमबारे सुझबुझ भएका र सक्षम विद्यालय व्यवस्थापन समिति अध्यक्ष, मावि तथा आधारभूत तहका प्रअ तथा शिक्षकलाई सहजकर्ताको तालिम दिइएको हो । ‘हरेक वडाबाट एक जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, मावि तहको प्रधानाध्यापक वा शिक्षक एक जना र आधारभूत तहका प्रअ वा शिक्षक एक जना गरी तीन जनालाई बोलाएर तालिम दिइएको छ ।’ आचार्य भने–‘तालिम प्राप्त सहजकर्ताले वडामा पाठ्यक्रम तयार गर्ने छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित