नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रबद्र्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई ४९ वटा राँगा वितरण गरेको हो ।
संघीय सरकारको सशर्त अनुदान अन्तरगत नौ लाख ६८ हजार बजेटबाट ९ वडामध्ये ८ वटा वडाका किसानलाई चैत २७ गते र बैशाख ११ गते राँगा वितरण गरेको पशु शाखा संयोजक दीपक राईले बताए । यसमा किसानले २५ प्रतिशत रकम ब्यहोरेको राईले सुनाए ।
राईका अनुसार वडा नं १ लिकुवापोखरीमा १२, वडा नम्बर २ वाप्लुखामा ९, वडा नं ३ सावाकटहरेमा ६, वडा नं ४ बडकादियालेमा ३, वडा नं ५ चिप्रिङमा ६, वडा नं ६ इन्द्रेणीपोखरीमा २, वडा नं ७ खोटाङबजारमा ६ र वडा नं ८ सिम्पानीमा ५ जना किसानलाई एक–एक वटा राँगा वितरण गरेको हो । वडा नं ९ लिच्किराम्चेबाट भने कसैले पनि दरखस्त नदिएकाले राँगा वितरण नगरिएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २४–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–कुकु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०-भुवनेश�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किरा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित