नमस्ते खोटाङ संवाददाता–
साकेला (खोटाङ), बैशाख ७–साकेला गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि कक्षा १–३ मा ’अंग्रेजी माध्यम’मा पठन–पाठन शुरु गर्ने भएको छ । यस वर्ष पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमद्धारा पठनपाठन शुरु गर्ने तयारी थालेको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दो क्रममा रहेको निष्कर्ष निकाल्दै गाउँ शिक्षा समितिको बैठकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो । साकेला गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ शिक्षा समिति वैठकले शिक्षक, व्यवस्थापन समिति, अभिभावक मार्फत आएका सुझावलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो । ‘शिक्षा समृद्धिको मुहान भएकाले शिशु तहबाटै नैतिक र व्यवहारिक शिक्षाको थालनी गरिएको हो’–अध्यक्ष राईले भने–‘अभिभावकहरुले आफ्ना बच्चाहरुलाई बोर्डिङ पढाउने बाहनामा शहर र सदरमुकाम केन्द्रित गरिरहेको अवस्थामा यसै शैक्षिक सत्रदेखि माध्यमिक तहमा अनिवार्य अंग्रेजी मिडियम लागू गरेपछि बसाई सराईको क्रमलाई समेत न्यूनीकरण गर्न टेवा पुगोस् भनेर यस्तो निर्णय गरिएको हो ।’
अङ्ग्रेजी माध्यममा पढाईका लागि पुस्तक खरिद गर्न एक लाख रूपैयाँ समेत गाउँपालिकाले उपलब्ध गराएको छ । गाउँपालिका आफैले नैतिक र व्यवहारिक ज्ञान सहितको पाठ्यक्रम तयार गरी पुस्तक प्रकाशन गर्ने सकेत गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकामा रहेको २८ सामुदायिक विद्यालयमध्ये यो शैक्षिक सत्रबाट पाँच वटा विद्यालयमा अंग्रेजी माध्यमको कक्षा लागू गरिने अध्यक्ष राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित