हलेसीमा तीर्थालुको ओइरो

  • प्रकाशित मितिः बैशाख ५, २०८१
  • 112 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ५–रामनवमीको अवसरमा हलेसीमा देशी–विदेशी तीर्थालुको ओइरो लागेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधार्मिकस्थलको रूपमा प्रख्यात हलेसीमा बैशाख ५ गते तीर्थालुको भीडा लागेको हो ।
हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलका अनुसार नेपाल बाहेक चीन, भारत, जापान, भुटान, श्रीलङ्का, अमेरिका, जर्मन लगायतका तीर्थालु हलेसी आएका छन् । यो वर्ष अरु बेलाभन्दा तीर्थालु बढेको भुजेलका भनाई छ । विभिन्न देशका तीर्थालु १५ दिनदेखि लगातार आइरहेको भुजेल बताउँछन् । ‘यो वर्ष अरु बेलाभन्दा तीर्थालु बढेका छन्’ भुजेलले भने–‘१५ दिनदेखि विभिन्न देशका तीर्थालुहरू आइरहनु भएको छ ।’


बैशाख ५ गते विहान सवा ८ बजे शिवलिङ्ग पहिराइएको छ । बाल पूजारीहरू सुदिन गिरी, सुशिल गिरी, हेरालु पुजारी गोपाल गिरी, नगरप्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायतले गहन पहिराएका हुन् ।
रामनवमी, बालाचतुर्दशी, शिवरात्री, एकादशीमा हिन्दू धर्मावलम्बीहरूको विशेष मेला लाग्छ । बैशाखे पूर्णीमा उभौली र मङ्सिरे पूर्णीमा उधौलीको अवसरमा किरातहरूले सुम्निमा र पारुहाङको पूजा आराधना गर्ने गरेका छन् । किरात सभ्यताको उत्पत्तिको थलो तुवाचुङ जायजुम पनि हलेसीकै नजिक भएकाले यसको महत्व छ । पद्मसम्भव गुरु रिम्पोछेले हलेसीमै तपस्या गरी आयुविद्या आर्जन गरी अमरोत्व प्राप्त गरेकाले बौद्धमार्गीका लागि हलेसी प्रख्यात मानिन्छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित